प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य


सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५ सयले घटेर रु ९६ हजार ६ सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ५ ले घटेर रु १ हजार २ सय २५ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्ने गरेको छ। 

Logo