तत्काल माग सम्बोधन नभए भदौ २ देखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्ने चेतावनी

तत्काल माग सम्बोधन नभए भदौ २ देखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गर्ने चेतावनी


पेट्रोलियम ढुवानी व्यवसायीहरुले आफ्ना मागहरु तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् । उनीहरुले आफूहरुले भने अनुसार ढुवानी कर्ताको भाडा वृद्धि गर्न माग गरेका हुन् ।

ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधानका लागि नेपाल आयल निगम सँग पटक पटक पेश गरिसकिएका तर समाधान हुन नसकेका मागहरु शिघ्र कार्यन्वयन गर्न उनीहरुले आग्रह गरेका छन् ।

निगमले गत साउन १५ गते पत्र मार्फत आफूहरुको माग अनुसारको भाडा वृद्धि गरिदिने सहमती गरेपनि हालसम्म पनि वृद्धि नगरेको पेट्रोलियम ढुवानी व्यावसायी महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भदौ १ गतेसम्ममा भाडा वृद्धि नगरिए २ गतेबाट ढुवानी बन्द गर्ने महासंघले चेतावनी दिएको छ । 

Logo