सरकारले सोधेको प्रश्नहरुको जवाफ दिंदै ठेकेदार कम्पनीले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा रुपान्तरण गर्न सकिने बताएको छ ।
ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न थप ६ मिलियन डलर अर्थात् करिब ७७ करोडभन्दा बढी खर्च लाग्ने बताएको हो ।
ठेकेदार कम्पनीका एक अधिकारीका अनुसार यातायात व्यवस्था विभागलाई इम्बोस्ड प्लेट नेपाली भाषामा लेख्न सकिने भन्दै त्यसका लागि ठेक्काको मूल्य समायोजन गर्नुपर्ने बताएको छ ।
‘प्लेटलाई नेपाली भाषामा लेख्दा खर्च थपिन्छ,’ कम्पनीका एक अधिकारीले भने,’सरकार थप लगानी गर्न तयार भए प्रस्ताव अनुसारको प्लेट बनाएर जोड्न सकिन्छ ।’
यातायात व्यवस्था विभागका महानिर्देशकले भने कम्पनीले एक इमेलमार्फत नेपाली प्लेट भाषामा लेख्नेबारे केही जवाफ पठाए पनि अझै औपचारिक जानकारीपत्र नआएको बताउँछन् ।
‘केही दिनमा ठेकदार कम्पनीले हामीले सोधेअनुसार जवाफ देला,’ उनी भन्छन्,’त्यसअनुसार सरकारले के गर्ने भन्ने छलफल हुन्छ ।’
सरकारले प्रदेशको नाम मात्रै र पुरै प्लेट नै नेपाली भाषामा लेख्न सकिने/नसकिने र त्यसका लागि के-के गर्नुपर्छ भन्नेबारे ठेकदार कम्पनीलाई प्रश्नहरु पठाएको थियो । गुणस्तर सुधार्न र डिजाइन बदल्न सकिने/नसिकनेबारे पनि जवाफ मागेको थियो ।































प्रतिक्रिया