एलसी खोलेर पनि भन्सारमा रोकिएका सवारी नेपाल भित्रिन पाउने

एलसी खोलेर पनि भन्सारमा रोकिएका सवारी नेपाल भित्रिन पाउने

केन्द्रबिन्दु
0
Shares

प्रतीतपत्र (एलसी) खोलेर पनि भन्सारमा अड्किएका गाडीलाई सरकारले नेपाल आउन दिने निर्णय गरेको छ । 

विदेशी विनिमय सञ्चिति कम भएको भन्दै आयातमा प्रतिबन्ध लगाउनुअघि नै एलसी खोलेका चारपांग्रे सवारी भन्सारमा रोकिएका थिए । 

ती सवारीलाई भन्सार पास गर्न अनुमति दिने निर्णय गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेकाले सोहीअनुसार रोकिएका गाडी आउन पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले जानकारी दिनुभयो । 

आजसम्म राजत्रपमा सूचना प्रकाशन भइसक्ने उहाँको दाबी छ । पछिल्लो पटक राजपत्रमा प्रकाशित सूचनामा आयात प्रतिबन्ध लगाउनुअघि एलसी खोलेका मोटरसाइकल, मोबाइल ल्याउन दिने उल्लेख भए पनि गाडीबारे सूचनामा केही नलेखिएका कारण ती सवारी रोकिएका हुन् । 

विदेशी विनिमय सञ्चिति अर्थात् सवारीसाधन खरिद गर्दाको रकमसमेत भुक्तानी भइसकेका करिब ९ सय सवारी विभिन्न भन्सारमा रोकिएका छन् ।
 

Logo