नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र

केन्द्रबिन्दु
0
Shares

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । 

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको बाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको बाद्ययन्त्रहरु भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट २० करोड ९७ लाख ६५ हजार रुपैयाँको वाद्ययन्त्रहरु नेपाल भित्रिएको थियो । 

विभागका अनुसार गत आर्थिक वर्ष १ करोड ३७ लाख ५० हजार रुपैयाँको पियानो नेपालले आयात गरेको थियो । 

सोही समयमा ४ करोड ९५ लाख ३० हजार रुपैयाँको गीतार र ३ करोड ६३ लाख ८४ लाख रुपैयाँको किबोर्ड नेपालले आयात गरेको थियो । 

Logo