नाडा ईभी एक्स्पोको स्टल बुकिङ खुल्ला भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आउँदो असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने शोको लागि स्टल बुकिङ खुल्ला भएको हो।
काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नेपालमै पहिलोपटक नाडा ईभी एक्स्पो हुनलागेको हो। उक्त ईभी एक्स्पोका लागि भदौ १ गते बुधबारदेखि भदौ ५ गतेसम्मका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको नाडा ईभी एक्स्पो २०२२ समितिले जनाएको छ ।





























प्रतिक्रिया