स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गर्न देउवाको आग्रह

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तार गर्न देउवाको आग्रह

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह आग्रह गरका छन् ।

बिहीवार ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई बिस्तार गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न आग्रह गरेका हुन् । उनले महिला उद्यमशीलता प्रवद्र्धन क्षेत्रलाई थप प्रभावकारी बनाइ रचनात्मक भुमिका निर्वाह गर्न जरुरी रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले यस्ता मेलाहरुले व्यवसायिक सञ्जाललाई बिस्तार गर्नुका साथै व्यवसायी र उपभोक्तासँगको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

स्वदेशमै उपलब्ध कच्चा पदार्थ, स्रोत  साधनलाई अधिकतम प्रयोग गरी स्वदेशमा उत्पादित सामग्री निर्यात गर्ने र विदेशी मुद्राको आर्जन, रोजगारी बिस्तार गर्नमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रका योगदान महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रले नै नेपालको कुल गार्हस्थ्य उत्पादन, रोजगारीको सिर्जना बढाएको दाबी गरे । उनले अर्थतन्त्रका समस्या र चुनौतीको सामना गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई सुचारु राख्न सरकार र निजी क्षेत्रले उचित समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने खाँचो औंल्याए ।

व्यापार मेलाहरुमा स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक सीपबाट उत्पादित स्वदेशी वस्तुहरुलाई प्राथमिकतामा राखि समावेश गरेर वस्तुहरुको प्रचारप्रसार तथा लगानी बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

उनले स्वदेशी उतपदनलाई बढोत्तरी गर्न र निर्यात बढाउन सरकार आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गरे । 

Logo