साताको पाचौँ दिन बिहीबार नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार घटेको बजार बिहीबार २७.७२ अंकले बढेर २ हजार ६८ विन्दुमा पुगेकोे हो ।
बिहीबार २२० वटा धितोपत्रको ५१ लाख १ हजार कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
बिहीबार १३ वटै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी विकास बैंक समूहको सबैभन्दा बढी ३ दशमलव १७ प्रतिशतले बढेको हो ।
बिहीबार ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकमको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनीको १० करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार भयो ।





























प्रतिक्रिया