स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक, सबैको मन जित्ने ट्रायम्फ नेपालको दावी

स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक, सबैको मन जित्ने ट्रायम्फ नेपालको दावी

केन्द्रबिन्दु
39
Shares

काठमाडौ । मोटरसाइकलका सौखीनहरुका लागि बजारमा ४००एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट उपलब्ध भएको छ ।

नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक रूपमा वितरण गरिने ट्रायम्फ मोटरसाइकलले हालै स्क्र्याम्बलर ४००एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक गरेको छ । बाइक फेस्ट २०२५ को अवसरमा ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ स्क्र्याम्बलर ४००एक्स पर्ल ह्वाइट सार्वजनिक गरेका हुन् ।

ट्रायम्फ मोटरसाइकल २०२४ को नाडा अटो शोबाट स्क्र्याम्बलर ४००एक्स र स्पिड ४०० गरी दुई मोडल सार्वजनिक गरी नेपाली बजारमा प्रवेश गरेको थियो ।

ट्रायम्फ मोटरसाइकलले नेपालका बाइक प्रेमीहरूबाट छोटो समयमा नै धेरै लोकप्रियता हासिल गरेको छ । स्क्र्याम्बलर ४००एक्सको मजबुत बनावट, शक्तिशाली इन्जिन तथा अफरोड र अनरोड दुबैमा चल्ने क्षमताले मोटरसाइकल पारखीहरूलाई विशेष रूपमा आकर्षित गरिरहेको छ । त्यस्तै, स्पिड ४०० भने शहरको सानो अनि गल्लीको बाटो र दैनिक आवत जावत गर्नुपर्नेहरुका लागी लोकप्रिय विकल्प बनेको छ ।

नेपालमा ट्रायम्फ मोटरसाइकल प्रति ग्राहकहरूको माग अत्यधिक रहेकोले कम्पनीले आफ्नो बिक्री तथा सेवा केन्द्रको क्षमता बढाउने निर्णय लिएको बताएको छ । यसले ग्राहकहरूलाई सुविधाजनक मर्मत सेवा प्रदान गर्ने र उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

नयाँ कलर भेरिएन्टको बारेमा बोल्दै ट्रायम्फ नेपालका म्यानेजर तथा चर्चित मोटोभ्लगर सागर थापाले भने, “स्क्र्याम्बलर ४००एक्सले नेपालका मोटरसाइकल प्रेमीहरूको मन जित्न सफल भइसकेको छ । नयाँ पर्ल ह्वाइट भेरिएन्टले यस बाइकलाई झनै आकर्षक बनाउनेछ । नेपाली बजारमा ट्रायम्फको माग निरन्तर बढिरहेको छ, जसले हामीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरिरहेको छ ।”

नयाँ पर्ल ह्वाइट स्क्र्याम्बलर ४००एक्सको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ, जुन नेपालभरका सबै आधिकारिक ट्रायम्फ डिलरशिपहरू मार्फत उपलब्ध हुनेछ ।

ग्राहकहरूले ट्रायम्फ नेपालको आधिकारिक सोरुम, वेबसाइट वा नजिकैको डिलरमा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन् ।

Skip This
Skip This
Logo