होन्डाले ल्यायो एक्सआर १९०एल, थप फिचर र नयाँ ग्राफिक्सका साथ मूल्य पनि बढ्यो

होन्डाले ल्यायो एक्सआर १९०एल, थप फिचर र नयाँ ग्राफिक्सका साथ मूल्य पनि बढ्यो

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अफरोड एड्भेन्चर बाइक नयाँ होन्डा एक्सआर १९० एल बिक्रीका लागि उपलब्ध गराएको छ ।

नयाँ एक्सआर १९० एलमा पहिले भन्दा फरक ग्राफिक्स रहेको छ भने फुल डिजिटल डिस्प्ले, रिडिजाइन गरिएको हेडल्याम्प र चार्जिङ पोर्ट लगायतका विभिन्न नयाँ फिचर रहेका छन् । यी वाहेक इन्जिन र अन्य विभिन्न फिचर भने यथावत रहेका छन् । यसको मूल्यमा भने वृद्धि गरिएको छ ।

यो मोटरसाइकलमा भएको १८४.४ सीसी एयरकुल्ड, सिंगल सिलिन्डर एसओएचसी इन्जिनले १५.६ एचपी पावर र १५.७ एनएम टर्क जेनेरेट गर्छ । २४५ एमएमको उच्च ग्राउण्ड क्लियरेन्सका कारण बाइकलाई जस्तोसुकै अफरोडमा समेत सहजताका साथ कुदाउन सकिन्छ । सबै उचाइका चालकहरुलाई उपयुक्त हुने गरी यसमा ८२३ एमएम हाइटको सिट राखिएको छ । यो मोटरसाइकलमा भएको पीजीएम–एफआई इन्जिनले इन्जिन डाटाको आधारमा सिलिन्डरमा उपयुक्त मात्रामा इन्धन पुर्याउँछ । १२ लिटरको इन्धन ट्यांकी भएकाले लामो दुरीको यात्रा बिना कुनै झन्झट गर्न सकिन्छ ।

पहिले यसको मूल्य ७ लाख ६९ हजार ९ सय रहेकोमा अब यसको मूल्य ७ लाख ९८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

Logo