नेपाल बुलेट हाउसद्धारा काठमाडौं–स्याङ्जा राइड सम्पन्न, पर्यटन पर्बद्धनमा टेवा पुग्ने अपेक्षा

नेपाल बुलेट हाउसद्धारा काठमाडौं–स्याङ्जा राइड सम्पन्न, पर्यटन पर्बद्धनमा टेवा पुग्ने अपेक्षा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । पर्यटन पर्बद्धन गर्ने उद्देश्यले नेपाल बुलेट हाउसले काठमाडौं–स्याङ्जा बुलेट राइड सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित फागुन १ बाट सुरु गरिएको राइड तीन दिनमा सम्पन्न भएको हो ।

नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीका अनुसार यात्रा बिहीबार बिहान तीनकुनेबाट सुरु भएको थियो । यात्राका क्रममा राइडर टोली काठमाडौंबाट पोखरा हुँदै कास्कीको ल्वाङ गाउँसम्म तथा पुनः पोखरा फर्किएर स्याङ्जाको सिरुबारी पुगेर आइतबार काठमाडौं फर्किएका थिए ।

एक दर्जन बढी राइडर सहभगाी उक्त राइडमा साहरा ग्रुप बेलायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

राइडर टोलीलाई ल्वाङ गाउँ र सिरुबारीमा मौलिक कला संस्कृतिको माध्यमबाट स्वागत गरिएको थियो । यात्राको क्रममा ल्वाङ गाउँ र स्याङ्जाको सिरुबारीलगायत विभिन्न स्थानहरुका पर्यटकीय तथा मौलिक कुराहरुलाई प्रचारप्रसारमा जोड दिइएको कार्कीले बताए । यो यात्राले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

नेपाल बुलेट हाउसले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि देशका विभन्न पर्यटकीय स्थलहरुमा मोटरसाइक राइड आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप यो यात्रा गरिएको हो ।

Logo