सनलङको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा, यस्ता छन् विशेषता

सनलङको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । ब्लु कर्पोरेसन प्रालिले सनलङको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू३ कार्गो भ्यान सार्वजनिक गरेको हो । यस भ्यानमा ७० किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री दिएको छ । यसले एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने छ ।

सनलङ ईभीयू३ को लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्विलबेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्वाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको कम्पनीकाे भनाइ छ ।

यसको टप स्पिड ९० किलोमिटर प्रतिघन्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिनेछ ।

३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको कम्पनीले जनाएकाे छ ।

Skip This
Skip This
Logo