कक्षा १२ को नतिजा आज सार्वजनिक नहुने भएको छ । मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डले साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको बताएको थियो । जसका लागि बोर्ड बैठकसमेत बोलाइएको थियो ।
तर, केही विद्यार्थीको परीक्षाफलमा हुने नाम, थर, ठेगाना, जन्ममिति लगायत त्रुटि सच्याउने काम बाँकी रहेकाले अब केहि दिनमै नतिजा सार्वजनिक गरिने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद आर्यालले जानकारी दिए ।
गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । लेटर ग्रेडिङ पद्धति २०७८ अनुसार यसवर्षको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।





























प्रतिक्रिया