काठमाडौं ज्ञानेश्वरस्थित आइएसटी सेकेन्डरी स्कुलले ‘सेलिब्रेसन्स फर न्यू बिगिनिङ’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा स्कुलका प्रमुख नरेन्द्र बज्रचार्य, प्रबन्ध निर्देशक तेज बहादुर ढकाल, प्रधानाध्यापक सम्झना बस्न्यात मुख्य अतिथिका रुपमा उपस्थित भएका थिए । कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो । राष्ट्रिय गानको अन्त्यसँगै स्कुलका प्रमुख नरेन्द्र बज्रचार्यले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।
त्यसपछि प्रमुख बज्रचार्यले सम्पुर्ण विद्यार्थीहरुलाई स्वागत तथा विद्यालयका महत्वपूर्ण विषयका बारेमा बताएका थिए । त्यससँगै प्रबन्ध निर्देशक तेज बहादुर ढकाल र प्रधानाध्यापक सम्झना बस्न्यातले विद्यार्थीहरुका लागि प्रेरणादायी कुराहरु सुनाएका थिए ।
औपचारिक कार्यक्रमको समापनसँगै विद्यार्थीहरुले नाचगान गरी रमाइलो गरेका थिए ।





























प्रतिक्रिया