आइएसएमटी कलेजमा फुड वन्डर्स इभेन्टिया २०२२’ सम्पन्न

आइएसएमटी कलेजमा फुड वन्डर्स इभेन्टिया २०२२’ सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइएसएमटी) कलेजमा ‘फुड वन्डर्स इभेन्टिया २०२२’ सम्पन्न भएको छ । 

आइएसएमटी कलेजमै अध्ययनरत विएचएम २०२१ ब्याच सेक्सन ‘ए र बी’ का विद्यार्थीहरूले इभेन्टियाको आयोजना गरेका हुन् । सोही कलेजमा अध्ययनरत विद्यार्थी यशोदा राईका अनुसार “कार्यक्रममा ६ वटा स्टलहरू राखिएको छ । ६ स्टलहरूमा मक्टेल, स्ट्रिट फुडदेखि रेस्टुरेन्टका फास्ट फुड सबैलाई मेन्युमा राखिएको थियो । स्टलमा छोइला, सेकुवा, पोर्क, चिकेन, पानी पुरी, दही पुरी, चाट, चिकेन पपकर्न, मिनी बर्गर लगायत फुडहरु थिए । 

कार्यक्रममा विद्यार्थीहरूका आकर्षणका लागि ४ वटा खेलको पनि व्यवस्था गरिएको थियो । जसमा कर्न हल, ग्लास फल, टेबल पंङ र डार्ट जस्ता खेलहरूको आयोजना गरिएको थियो । अर्का सहभागी विद्यार्थी मेलिसा थापाका अनुसार आइएसएमटी कलेजमै अध्ययनरत बिएचएमका विद्यार्थीले तेस्रो तथा चौथो सेमेस्टरमा एक एकवटा इभेन्ट व्यवस्थापन गर्नुपर्ने हुन्छ । आज आफ्नो विद्यार्थी साथीहरूको पर्फमेन्सहरुलाई हेरी नम्बर दिने गरिन्छ । 

प्रोग्राम हेड प्रविन केसीका अनुसार ‘विद्यार्थीहरूको कोर्समै इभेन्ट म्यानेजमेन्ट पर्ने भएकाले विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका जनाएका छन् । विद्यार्थीहरुले आज गरेका कार्यक्रमको रिपोर्ट बुझाउनु पर्नेछ। पार्ट अफ असाइनमेन्ट भएका कारण दुई वटा इभेन्ट गर्नुपर्ने हुन्छ । जसमध्ये आज भइरहेको मिनी इभेन्ट हो । आज भएको कार्यक्रममा गरिएको त्रुटिबाट शिक्षा लिएर मेगा इभेन्टमा लागु गर्छन् ।’ 

केसीका अनुसार इभेन्ट सञ्चालनपश्चात विद्यार्थीहरुमा मुख्यतः व्यक्तित्व विकास हुन्छ । विद्यार्थीहरुले एउटा इभेन्ट अन्तर्गत पर्ने सम्पूर्ण कुराहरुको व्यवस्थापन र सञ्चालन गरेर कसरी नाफा आर्जन गर्न सकिन्छ भन्ने कुरा सिक्छन् ।

उनका अनुसार बिएचएम अध्ययन अन्तर्गत विश्वविद्यालयले निर्धारण गरेको सर्त अनुसार विद्यार्थीहरुले ४ सेमेस्टर भित्रमा २ पटक इभेन्टको आयोजना गर्नुपर्छ । अहिले आयोजना गरिएको इभेन्ट सानो स्तरको भएको र सोही ब्याचका विद्यार्थीहरुले केही समयपछि अझै ठूलो स्तरको इभेन्टको आयोजना गर्ने शिक्षक केसीले बताए ।

पर्फमेन्सको क्रममा कार्यक्रम व्यवस्थापन पक्ष, यसबाट फाइदा नोक्सान के भइरहेको छ, व्यवहारिक रूपमा कस्तो भइरहेको छ भन्ने कुरालाई हेर्ने गरिन्छ  । आइएसएमटी कलेजका एसोसिएट फुड एण्ड वेभरेज लिडर प्रकाश थापाका अनुसार विद्यार्थीहरूलाई व्यवस्थापनका लागि पूर्ण समय दिइएको र विद्यार्थीहरूले पनि आफूले पाएको समयलाई धेरै राम्रो तरिकाले प्रयोग गरेको हुँदा आफू यो कार्यक्रमबाट निकै उत्साहित भएको बताए । 

सहभागी विद्यार्थीहरूले हरेक दिन मिटिङ गरेका र रात दिन नभनी कार्यक्रमका लागि व्यवस्थापनमा ध्यान दिएको देख्दा आफू लगायत कलेज टिम उत्साहित भएको बताए । आजको कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरूको सम्पूर्ण कार्यशैलीलाई नियालेर नम्बर के कति दिने निर्णय गर्ने बताए ।
 

Logo