शिक्षामन्त्री पौडेलकाे गुनासाेः नाष्टले अनुसन्धानमा चासो दिएन

शिक्षामन्त्री पौडेलकाे गुनासाेः नाष्टले अनुसन्धानमा चासो दिएन

केन्द्रबिन्दु
0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट)ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेको छन् ।

मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भए पनि अनुसन्धानका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए । उनले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए ।

मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरु विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए । उनले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउन सके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सबै मिलेर देशको अवस्थालाई फेर्न आवश्यक छ । देशको अवस्था फेर्न नै नसकिने होइन । फर्ने सकिन्छ । फेर्ने संकल्प गरेको खण्डमा सम्भावना छ । आविष्कार केन्द्रको प्रशंग विज्ञान र प्रविधिसँग जोडिएको छ । नाष्ट भन्ने राज्यले स्थापना गरेको संस्था छ । दिनहुँ त्यसको छलफल हुने गर्छ । खासै गरी कसैलाई चासो छैन । अरु विषयमा चासो छ, अनुसन्धानको विषयमा चासो छैन । विज्ञान, प्रविधिको क्षेत्रमा कसैलाई चासो छैन । हामी कहाँ चासो कम हुने गर्दछ । हामी कहाँ विश्वविद्यालयहरु पनि छन् । ’

मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताए । उनले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संरचनालाई पुनः स्थापना गर्नुपर्ने बताए । उनले जलविद्युत अब अन्य देशहरुले नकिन्न सक्ने आशंका व्यक्त गरे । उनले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट उर्जा प्राप्त गर्ने भएकोले जलविद्युत नकिन्ने बताए । 

Logo