अरुणिमा कलेजको एकदिने रोजगार मेला सम्पन्न

अरुणिमा कलेजको एकदिने रोजगार मेला सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बौद्धस्थित अरुणिमा कलेजले एकदिने रोजगार मेला सम्पन्न गरेको छ । भर्खरै कलेज पास गरेका बिद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासंग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यका साथ कलेजले आयोजना गरेकाे मेला भव्यताका साथ सम्पन्न भएको हो ।  

कलेज परिसर बौद्धमा आयोजना भएको मेलामा २० कम्पनी र ६०० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । मेलामा सहभागी सुचना प्रबिधि, बैकं तथा वित्तीय संस्था, फुड एण्ड बेभरेज, तयारि पोशाक, लोजिस्टिक, अटोमोबाइल, शिक्षा लगायतका क्षेत्रका कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत विवरणहरु संकलन गरि आफुलाई आवश्यक जनशक्ति चयनको प्रक्रिया शुरु गरेको बताए ।  

कलेजका प्राचार्य केशब जोशीले रोजगार मेलामा युवाहरुको उत्साहपूर्ण सहभागिताले कलेजलाइ हौस्याएको बताए । “६०० भन्दा बढी युवाहरु मेलामा उपस्थिति भए र सहभागी कम्पनीका प्रतिनिधिहरुसंग आवेदन दिए । कम्पनीहरु पनि खुशी छन् ।” उनले भने ।  

कार्यक्रमको मुख्य उद्देश्य कलेज सकाएका र कामका खोजीमा रहेको युवाहरुलाइ  रोजगारदाता कम्पनीहरुहरुसंग जोड्नु रहेको बताउंदै जोशीले मेलालाइ कलेजले आफ्नो वार्षिक कार्यक्रममा राख्ने पनि बताए । 

त्यस्तै मेलाका संयोजक अनुप आचार्यले मेला सहभागी युवाहरु र रोजगारदाता कम्पनी दुबैलाई फलदायी भएको बताए  । उनले भने, “सहभागी कम्पनीहरुल आफुलाई चाहिने जनशक्ति छनौटको प्रक्रिया शुरु गर्न पाए भने भर्खरै कलेज सकाएका बिद्यार्थी र कामको खोजीमा रहेका युवाहरुले कर्पोरेट क्षेत्रमा काम कसरी हुन्छ नजिकबाट बुझ्न पाए ।”  

Logo