अस्कर कलेज अफ फिल्म स्टडिजका १० विद्यार्थीलाई ‘बुरसरी अवार्ड’

अस्कर कलेज अफ फिल्म स्टडिजका १० विद्यार्थीलाई ‘बुरसरी अवार्ड’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’ मा अध्ययन गरिरहेका १० जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट ‘बुरसरी अवार्ड’ प्राप्त गर्ने भएका छन् ।

अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरमा रहेको इन्फिनिट स्टुडियोसँग यो बर्षका लागि १० जना विद्यार्थीलाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका छन् ।

यसअघि स्टुडियोले हरेक बर्ष ५ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको थियो । पौडेलका अनुसार ३५ हजार नगदसहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई प्रदान गर्दै आएको थियो । तर, स्टुडियोले यो साल प्रदान गर्ने ‘बुरसरी’ शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो, दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्ने भएका छन् ।

१७ हजार ५ सय नगद रहेको यो छात्रवृत्ति पहिलो र दोस्रो वर्षमा चार–चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँड्ने तयारी भएको पौडेलले बताए । ०७३ सालदेखि सहकार्य गर्दै आएका दुई कलेजले फिल्म अध्ययनका विद्यार्थीलाई यो अवसर प्रदान गर्दै आएका छन् । यो कलेज १६ वर्ष अघि स्थापना भएको थियो ।

Logo