इन्जिनियरिङ प्रवेश परीक्षामा निजी कलेजले उछिनेकै हुन् त सेन्ट जेभियर्सलाई ?

इन्जिनियरिङ प्रवेश परीक्षामा निजी कलेजले उछिनेकै हुन् त सेन्ट जेभियर्सलाई ?


एसइईपछिको कक्षा ११ र १२ को अध्ययनलाई विद्यार्थीको करिअरका निम्ती टर्निङ प्वाइन्ट मानिन्छ । उच्च शिक्षाको निम्ती विद्यार्थीको आधार यहि तहमा निर्धारण हुने भएकाले यसलाई टर्निङ प्वाइन्ट मानिएको हो । डाक्टर, इन्जिनियर, सिए, नर्सिङ, होटल म्यानेजमेन्ट लगायत उच्च शिक्षाका करिअर ओरिएन्टेड विषय स्नातक तहमा रोजिने भएकाले र त्यसले विद्यार्थीको समग्र जीवनमा प्रभाव पार्ने भएकाले कक्षा ११ र १२ का विद्यार्थीका निम्ती उक्त तह टर्निङ प्वाइन्ट भनिएको हो । 

यसपटक इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षामा काठमाडौंका निजी प्लस टु विद्यालयहरुमध्ये धेरै विद्यार्थीलाई सफलता दिलाउन को अगाडि रह्यो त ? तिव्र प्रतिस्पर्धाको यो समयमा शैक्षिक संस्थाहरु इन्जिनियरिङको प्रवेश परीक्षामा आफ्ना धेरै विद्यार्थीले सफलता हासिल गरेको भनेर दाबी समेत गरिरहेका छन् । 

डाक्टर, इन्जिनियर, सिए, नर्सिङ, होटल म्यानेजमेन्ट लगायत उच्च शिक्षाका करिअर ओरिएन्टेड विषय स्नातक तहमा रोजिने भएकाले र त्यसले विद्यार्थीको समग्र जीवनमा प्रभाव पार्ने भएकाले कक्षा ११ र १२ का विद्यार्थीका निम्ती उक्त तह टर्निङ प्वाइन्ट मानिएको हो । 

केन्द्रविन्दुलाई प्राप्त इन्जिनियरिङको प्रवेश परीक्षामा उत्तिर्ण उत्कृष्ट १ सय विद्यार्थीको आधारमा हामीले शैक्षिक संस्थाहरुको सफलतालाई मापन गरेका छौं । त्यसो त श्रेणिगत हिसाबले क्रमशः ७/८ सय विद्यार्थी पुर्ण छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्न समर्थ हुने इन्जिनियरिङ अध्ययनको प्रवेश परीक्षा तयारी कक्षा संचालन गर्ने संस्था पिइएका नवराज न्यौपानेले बताएका छन् । न्यौपानेका अनुसार विषय अनुसार उत्कृष्ट ४ सय बाहिरका विद्यार्थीले पनि पूर्ण छात्रवृत्ति हासिल गर्न सक्छन् ।

इन्जिनियरिङको प्रवेश परीक्षाको मुल्याकंन विधि र लोकसेवा आयोगको परीक्षा अहिलेसम्म भरपर्दो र विश्वसनिय मान्न सकिने भएको शिक्षाविद डा. उपेन्द्र कोइराला बताउँछन् । निजि विद्यालयहरुले गरेको लगानी र मेहनतले इन्जिनियरिङको प्रवेश परीक्षामा धेरै विद्यार्थी सफल हुने गरेको डा. कोइरालाले बताए ।

प्रवेश परीक्षाको मेरिट लिष्ट अनुसार सर्वोत्कृष्ट १ सय विद्यार्थीको सूचीमा काठमाडौं मोडल कलेज (केएमसी) का १४ जना विद्यार्थी पर्न सफल छन् । 

प्रवेश परीक्षाको मेरिट लिष्ट अनुसार सर्वोत्कृष्ट १ सय विद्यार्थीको सूचीमा काठमाडौं मोडल कलेज (केएमसी) का १४ जना विद्यार्थी पर्न सफल छन् । सूची अनुसार उत्कृष्ट १ सय भित्र  सेन्ट जेभियर्सका ९ जना विद्यार्थीले नाम निकालेका छन् । यस्तै प्रथम सहित ट्रिनिटी इन्टरनेसनलका ६ जना विद्यार्थीले नाम निकाल्न सफल भएका छन् । प्रसादी एकेडेमीका ४ जना सिसिआरसीका ३ जना कक्षा ११–१२ अध्ययन गरेका विद्यार्थी छन् । 

‘इन्जिनियरिङको प्रवेश परीक्षा अन्तर्गत पूर्ण छात्रवृत्तिमा सबैभन्दा धेरै केएमसीका विद्यार्थीले सफलता पाएका छन्।’ केएमसीका प्रिन्सिपल नगेन्द्र अर्याल भन्छन्–‘सर्वोत्कृष्ट शिक्षालयको मापदण्डलाई विद्यार्थीको यसप्रकारको उपलब्धीले पनि संकेत गर्छ ।’ 

काठमाडौंका लिटल एन्जल्स, किष्ट कलेज, काठमाडौं बर्नहार्ट, जेभियर इन्टरनेसनल, एसओएस भक्तपुर, युनाइटेड एकेडेमी, जेभियर एकेडेमी लगायतमा अध्ययन गरेका विद्यार्थीले इन्जिनियरिङ प्रवेश परीक्षामा सफलता पाएका छन् । 

प्रत्येक वर्ष सेन्ट जेभियर्सलाई कडा टक्कर दिँदै आएको केएमसीले यो वर्ष इन्जिनियरिङमा सेन्ट जेभियर्सलाई पछि पारेको छ ।

पहिलो रोजाईका धेरै विद्यार्थी लिने सेन्ट जेभियर्स भन्दा अन्य निजी विद्यालयका विद्यार्थीले धेरै सफलता हासिल गरेका छन् ।  प्रत्येक वर्ष सेन्ट जेभियर्सलाई कडा टक्कर दिँदै आएको केएमसीले यो वर्ष इन्जिनियरिङमा सेन्ट जेभियर्सलाई पछि पारेको छ । शिक्षाविद डा. कोइराला भन्छन्– ‘मिसिनरिज स्कुलमा एउटा निश्चित फ्रेमवर्क र समय भित्रमात्र अध्यापन हुन्छ तर निजि विद्यालयहरुले आफ्नो ब्रान्ड इमेज बनाउन धेरै नै मेहनत गरेर विद्यार्थीलाई अध्यापन सुविधा दिएका हुन्छन्।’ 

‘विद्यार्थीको सफलताले हामीलाई गौरवान्वित बनाएको छ, निजि कलेजहरुले अतिरिक्त मेहनत गरेर विद्यार्थीको अध्ययनलाई ख्याल गरेकाले यो उपलब्धी हासिल भएको हो’

निजि विद्यालयहरुले प्रवेश परीक्षा लक्षित कोर्स पनि उपलब्ध गराउने हुनाले उनीहरुले समग्र परिणाममा धेरै सफलता पाएको शिक्षाविदहरुको भनाई छ । ‘यसपटक हाम्रा धेरै विद्यार्थीले सफलता पाएका छन्,’ जेभियर इन्टरनेसनलका प्रबन्ध निर्देशक लोक बहादुर भन्डारी भन्छन्– ‘विद्यार्थीको सफलताले हामीलाई गौरवान्वित बनाएको छ, निजि कलेजहरुले अतिरिक्त मेहनत गरेर विद्यार्थीको अध्ययनलाई ख्याल गरेकाले यो उपलब्धी हासिल भएको हो ।’

काठमाडौं बाहिरका एभरेष्ट मावि बुटवल, चिल्ड्रेन लाइफ बागलुङ, कान्ती सेकेन्डरी बुटबल, नारायणी मोडल, नारायणी सेकेन्डरी, सिद्धार्थ स्कुल दाङ, ग्लोबल स्कुल दमक, एचएसएम हेटौंडा, एसओएस पोखरा, कालिका स्कुल बुटवल, विश्व आदर्श इटहरी, शिक्षादिप विराटनगर, तिलोत्तमा बुटवल, अर्किड चितवन, नेसनल इन्फो टेक विरगन्ज, कन्काई स्कुल झापा, अमरसिंह मावि पोखरा, सिद्धार्थ बुटवल, कोशी सेन्ट जोसेफ इटहरी, होराइजन गौतम बुद्ध बुटवल, सुनगाभा चितवन, रेडियन्ट महेन्द्रनगर, एरोमा चितवन, माउन्ट भ्यु दाङ लगायतले उत्कृष्ट १ सय भित्र पर्दै इन्जिनियरिङको उच्च शिक्षाका निम्ती नाम निकालेका छन् । 

उत्कृष्ट १ सय भित्रको नतिजालाई सुक्ष्म ढंगले केलाउँदा सामुदायिक विद्यालयको प्रदर्शन पनि उत्तिकै लोभलाग्दो छ 

उत्कृष्ट १ सय भित्रको नतिजालाई सुक्ष्म ढंगले केलाउँदा सामुदायिक विद्यालयको प्रदर्शन पनि उत्तिकै लोभलाग्दो छ । अध्ययनको सन्दर्भमा सामुदायिक विद्यालयका विद्यार्थी झन् बढि गम्भिर हुने भएकाले हुनसक्छ नाम निकाल्ने सन्दर्भमा उनीहरुको उपस्थिती हरेक वर्ष बढ्दै गएको छ ।

Logo