फेसन र इन्टेरिएर डिजाइन अध्यापन गराउने मुलुककै पहिलाे कलेज, आइईसी

फेसन र इन्टेरिएर डिजाइन अध्यापन गराउने मुलुककै पहिलाे कलेज, आइईसी

केन्द्रबिन्दु
0
Shares

आइईसी कलेज फेसन र इन्टेरिएर डिजाइनको अध्ययनका लागि देशैभर चर्चित कलेज हो । स्कूल अफ आर्ट एण्ड फेसन आर्ट अध्यापन गराउने मुलुककै पहिलो कलेजका रुपमा परिचित आइईसी सन् १९९७ मा स्थापना भएको हो । यो कलेजले विद्यार्थीको फेसन र इन्टेरिएर डिजाइनमा विद्यार्थीको चाहना अनुसार नै अध्यापन गराउँदै आएको छ । 
 
स्थापनाको रजत जयन्ती मनाएको यो कलेजले फेसन डिजाइनिङ र इन्टेरियर डिजाइनमा पृथक शैलीमा अध्यापन गराउँछ । यो कलेजमा फेसन र इन्टेरिएर डिजाइनिङको १५ महिने र स्नातकतर्फ तीन वर्षे कोर्ष अध्यापन हुन्छ । मलेसियाको प्रतिष्ठित लिमलकविंग विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालिन आइईसी कलेज आवश्यक पूर्वाधारले भने सम्पन्न छ । 

यो कलेजबाट उत्तीर्ण भएका करिब १५ हजार विद्यार्थी अहिले आफ्नो सफल जीवन बिताइरहेका छन् ।

आईईसी कलेजले बीए इन फेसन र रिटेलिङ तथा बीए इन इन्टेरियर आर्टिटेक्चरमा अध्ययन गराउँदै आएको छ । यी दुबै तीन वर्षको कोर्स हो । यो कलेजबाट उत्तीर्ण भएका करिब १५ हजार विद्यार्थी अहिले आफ्नो सफल जीवन बिताइरहेका छन् । काठमाडौं र भक्तपुरबाट एकसाथ अध्यापन गराउने यो कलेजमा अनुभवी प्राध्यापक छन् । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन विद्यार्थीलाई पहिलो दिनबाटै विशेष निगरानी गर्ने यो कलेजले फेसन डिजाइनिङमा पर्याप्त पाठ्यपुस्तक समावेश गरेकाले सेमेस्टर समाप्त नभएसम्म नवीनतम अवधारणासहित प्रयोगात्मक अभ्यासमा जोड दिने गरेको छ । 
फेसन डिजाइनिङ अध्ययनका क्रममा कलेजले मार्केटिङ, ब्राण्डिङ उद्यमशीललगायत विषयमा विशेष ध्यान दिने गरेको छ । भाषा र बोली, लवाइखवाइ, हिड्ने शैलीलगायतमा विद्यार्थीले आवश्यक ज्ञान हासिल गर्न यो कलेजमा पाउँछन् । विद्यार्थीलाई कर्पोरेट संसारमा स्थापित गराउन कलेजले विभिन्न तालिम समेत दिने गरेको छ । 

विद्यार्थीको भविष्यका लागि पुलका रुपमा रहेको आईईसी कलेजले फेसन र इन्टेरिएर डिजाइनका क्षेत्रमा विद्यार्थीलाई रचनात्मक र सिर्जनशील बनाउन सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

सन् २००३ मा टी.क्यू एम का लागि न्यूयोर्कमा प्रतिष्ठित गोल्ड अवार्ड प्राप्त गर्न सफल आइईसीसँग अहिले मुलुकभर २६७ बुटिक र ८६ वटा इन्टेरियर डिजाइन कन्सल्टेन्सी छन् । यसले गर्दा विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै प्रयोगात्मक अभ्यासका लागि समेत पर्याप्त अवसर प्राप्त हुने गरेको छ । विद्यार्थीको भविष्यका लागि पुलका रुपमा रहेको आईईसी कलेजले फेसन र इन्टेरिएर डिजाइनका क्षेत्रमा विद्यार्थीलाई रचनात्मक र सिर्जनशील बनाउन सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

 

Logo