शिक्षाले व्यक्तित्व विकासमा योगदान पु-याउँछः राष्ट्रपति भण्डारी

शिक्षाले व्यक्तित्व विकासमा योगदान पु-याउँछः राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु-याउने बताएकी छन् । 

राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन् । काठमाडौँ महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गरिन् । 

उनले भनिन्, “यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पु-याउँदै आएको योगदानको प्रशंसा गर्न चाहान्छु । मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई मूल पूर्वाधारको रूपमा लिइन्छ । तसर्थ हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्दछ ।”

त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रको समृद्धि तथा विकासका निम्ति स्रोत र साधनको पहिचान गरी त्यसको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै शिक्षाको मूलभूत उद्देश्य रहेकोसमेत बताएकी थिइन् ।

Logo