खै त संरक्षण ? [फोटोफिचर]

खै त संरक्षण ? [फोटोफिचर]


विभिन्न किसिमका पुस्तकहरुको संरक्षण र सम्वर्द्धन गर्ने केसर पुस्तकालय अहिले आफ्नै संरक्षणको पर्खाइमा छ । कुनै समय दैनिक २ सयभन्दा बढी पाठक आउने पुस्तकालयमा अहिले मुस्किलले ७० जना आउने गरेका छन् । 

केही साता यता केसर पुस्तकालयको आँगनमा असरल्ल पुस्तकहरु छन् । जहाँ नागरिकता देखि त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र लगायत विभिन्न दस्तावेजहरु छन् । ती सम्पूर्ण कागजातहरु कति कुहिएका छन् त कति जलिसकेका छन् । यहाँ शिक्षा सम्बन्धी कानुनहरुको संगालो,विभिन्न शैक्षिक दस्तावेजका फाइल,पुराना क्यासेट, सीडी, प्रश्नपत्रलगायतसामग्री केसर महलकै अगाडि अलपत्र छन् ।

केसर पुस्तकालयको ११ सय वर्षभन्दा पुरानो हस्तलिखित ग्रन्थ 'सुश्रुतसंहिता' अर्थात सहोत्तर तन्त्र युनेस्कोको मेमोरी अफ द वल्र्ड इन्टरनेशनल रजिष्टरमा सन् २०१३ जुन १८ मा दर्ता भइसकेको छ । यो नेपालकै पहिलो दस्तावेज हो । २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त केसर पुस्तकालय अहिलेसम्म पुनर्निर्माण भएको छैन। ०७६ देखि रेट्रोफिट गर्न सुरु भएपनि ५० प्रतिशत पनि काम हुन सकेको छैन । रेट्रोफिट सुरु गर्न थालेपछि केसर पुस्तकालय जस्ताको टहराबाट सञ्चालन भइरहेको छ ।

तस्विरहरु हेराैं-

 

 

Logo