समृद्धि स्कुलको ‘एनुअल डे एण्ड एसकेजि ग्राजुएसन सेरेमनी’ सम्पन्न

समृद्धि स्कुलको ‘एनुअल डे एण्ड एसकेजि ग्राजुएसन सेरेमनी’ सम्पन्न


काठमाडौंको बनस्थलीस्थित समृद्धि स्कुलको ‘अनुअल डे एण्ड एसकेजि ग्राजुएसन सेरेमनी’ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा साे कार्यक्रम सम्पन्न भएको हो । 

वि.सं.२०७९ को अन्त्य तथा नव २०८० को आगमनसँगै यो वर्षको वार्षिकउत्सव कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथिमा समृद्धि स्कुलका अध्यक्ष मनोहरकुमार भट्टराई रहेका थिए । प्रमुख अतिथि भट्टराई र स्कुलका प्रधानाध्यापक नरेश श्रेष्ठले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

उद्घाटनका क्रममा समृद्धि स्कुलका प्रधानाध्यापक श्रेष्ठले स्थापना कालदेखि नै विद्यालयले विद्यार्थीहरुको बौद्धिक क्षमता विकास गरिरहेको तथा शैक्षिक उन्नति राम्रो भएको बताए । विद्यालयले अध्यापनलाई मात्रै प्राथमिकता नदिएर  विद्यार्थीका अभिरुचि अनुसारका विषयवस्तुलाई समेत समेटिएको उनले बताए । 

उनी भन्छन्- ‘एक वर्ष पछाडी फर्केर हेर्ने हो भने अहिलेसम्म हामीले विद्यार्थीको बोद्धिक क्षमता धेरै वृद्धि भएको छ । त्यसमा हामी निकै खुशी छौं । विद्यालयले एकेडेमिक एक्सिलेन्स त भएको छ नै त्यो सँगसँगै विद्यार्थीको रुचिअनुसारको विभिन्न क्षेत्रमा राम्रो गरिहेका छन् । त्यसमा हामीले सबैको साथ सहयोग पाएका छौं । आगामी वर्षको कुरा गर्ने हो भने गर्दा पनि नतिजा राम्रो नै आउने छ । हामी विभिन्न कार्यक्रम गरी आएका छौं र आगामी दिनमा पनि राम्रा राम्रा कार्यक्रमहरु ल्याउने नै छौं । यसले विद्यार्थीहरुको स्तर उन्नती पनि राम्रो नै हुने विश्वास लिएका छौं ।’

कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरुका साथै विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न प्रमाणपत्रहरु पनि प्रदान गरिएको थियो ।

Logo