म्यागङ गाउँपालिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने

म्यागङ गाउँपालिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने


नुवाकोटको म्यागङ गाउँपालिकाले  माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएकाे छ ।

गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङका अनुसार  बैठकमा एसईईमा उत्कृष्ट  अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँ र सम्मान गर्ने निर्णय भएको छ ।  ।  

एसईईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३.६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको  छ । 

 

Logo