म्यागङ गाउँपालिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने

म्यागङ गाउँपालिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने

केन्द्रबिन्दु
0
Shares

नुवाकोटको म्यागङ गाउँपालिकाले  माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएकाे छ ।

गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङका अनुसार  बैठकमा एसईईमा उत्कृष्ट  अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँ र सम्मान गर्ने निर्णय भएको छ ।  ।  

एसईईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३.६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको  छ । 

 

Skip This
Skip This
Logo