जुम्लाकाे गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने

जुम्लाकाे गुठिचौरमा स्वयंसेवक शिक्षक नराखिने

केन्द्रबिन्दु
0
Shares

जुम्लाकाे  गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो ।

मन्त्रालयले यही फागुन २८ गते पठाएको पत्रअनुसार स्वीकृत दरबन्दीबाहेकका स्वयंसेवक शिक्षकको तलब भत्ता चालु प्रकृतिको प्रशासनिक खर्चअन्तर्गत पर्ने देखिएकाले उक्त खर्च सङ्घीय सरकारले बेहोर्न नमिल्ने स्पष्ट जानकारी दिएपछि अब भने उक्त गाउँपालिकाको स्वयंसेवक शिक्षक भर्ना कार्य रोक्ने भएको गाउँपालिकाका प्रवक्ता अर्जुन महताराले जानकारी दिए ।

Skip This
Skip This
Logo