जेभियर इन्टरनेशनले गर्यो एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई समेटेर बृहत सेमिनार

जेभियर इन्टरनेशनले गर्यो एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई समेटेर बृहत सेमिनार


जेभियर इन्टरनेशनल कलेजले एसईई दिएर विद्यार्थीलाई लक्षित गरी काठमाडौंको कमलादीमा बृहत सेमिनार आयोजना गरेको छ । सेमिनारमा एसईईको रिजल्ट पर्खेर बसेका करिब १५ सय विद्यार्थीहरु सहभागी थिए । 

सेमिनारको सुरुआट सांस्कृतिक झल्को दिने नाचका साथ गरिएको थियो । लगतै कलेजका प्रधानाध्यापक दिपेन दाहालले एसईई दिएर बसेका विद्यार्थीहरुलाई बधाई दिँदै एसईईपछि विद्यार्थीहरु के पढ्ने ? भन्ने विषयमा अनभिज्ञ हुने भएकाले विद्यार्थीहरुले आफ्नो करिअरका लागि राम्रो कलेज र विषय छान्न सुझाएका थिए । 

साथै प्रधानाध्यापक दाहालले जेभियर इन्टरनेशनल कलेज २२औं वर्षमा सफलतापूर्वक दौडिरहेको बताउँदै उनले केही सफल विद्यार्थीहरुको उदाहरण दिदै अब प्लस टू मा झर्ना हुन आउने विद्यार्थीहरुबाट आफूले सोही स्तरको सफलता प्राप्त गर्ने बताए । 

प्रधानाध्यापक दाहालले विद्यार्थीहरुले जेभियर इन्टरनेशनल कलेज नै किन रोज्ने ? भन्ने विषयमा आफ्नो कलेजको राम्रो पक्षलाई श्रब्यदृश्यमा प्रस्तुत गरेका थिए । जहाँ शिक्षाको स्तर, कलेजको भौतिक अवस्थालगायत विश्वस्तरिय स्रोत साधनहरु आफ्नो विद्यालयमा रहेको पनि दाहालले बताए । दाहालले आफ्नो कलेजले विद्यार्थीहरुलाई सहजताका लागि उपत्यका भित्रका हरेक ठाँउमा कलेजकाे बस चल्ने पनि बताए । 

उनले कलेजभित्र विद्याथीहरुलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउन १८ ओटा धेरै समूहहरु कलेज हाताभित्रै निमार्ण गरेको बताए । यस्तै दाहालले खेलकुद क्षेत्रमा लाग्न चाहने विद्यार्थीहरुलाई जेभियर इन्टरनेशनल कलेजमा न्यानो स्वागत रहेको बताए । साथैं जारी वर्ष कलेजले सबैभन्दा धेरै इन्जिनियहरु उत्पादन गर्न सफल भएकोमा आफूहरु गौरम्भित भएको बताए । यस्तै ‘ए’ लेभलको शिक्षामा आफ्नो कलेज विश्वकै उत्कृष्ट भएको पनि प्रधानाध्यापक दाहालले बताए । 

यस्तै कार्यक्रकमा अतिथिका रुपमा बोलाइएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले सेमिनारमा उपस्थित विद्यार्थीहरुलाई भविष्य निर्माणका सन्दर्भमा प्रेरणादायी भाषण दिए । उनले पश्चिमा देशको उत्कृष्ट विश्वविद्यालयहरुको उदाहरण दिदै जेभियर इन्टरनेशनल कलेजले पनि उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै आएको  बताए । यस्तै उनले जापान तथा अमेरिकाको उदाहरण दिँदै एक दिन जेभियर इन्टरनेशनल कलेजले पनि नोवेल पुरस्कार जित्न सक्ने विद्यार्थी उत्पादन गर्न सक्क्षम रहेको बताए । 

कार्यक्रमको अन्त्यमा शनिबार र आइतबार कलेजले प्लस टु पढ्ने विद्यार्थीहरुका लागि इन्ट्रास एक्जाम रहेको बताउदै कार्यक्रमको समाप्ती भएको थियो । 

 

Logo