मुगुका दृष्टिबिहीन विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण

मुगुका दृष्टिबिहीन विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण

केन्द्रबिन्दु
0
Shares

मुगुको छाँयानाथ रारा नगरपालिका–२ स्थित श्री आधारभूत विद्यालय बालमन्दिरमा अध्ययनरत दृष्टिीबिहीन विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री र झोला वितरण गरिएको छ।

छाँया नेपाल मुगुले १६औँ गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सामाग्री वितरण गरेको हो।  छायाँ नेपाल मुगुका कार्यक्रम संयोजक मिनबहादुर रावलले जिल्ला समन्वय समिति मुगु र जिल्ला प्रशासन कार्यालय मुगुको समन्वयमा सामाग्री वितरण गरिएको हो। सामाग्री वितरणका लागि छाँया नेपाल र हिरिसडेक मुगुले आर्थिक सहयोग गरेको थियो। 

विद्यालयका १२ विद्यार्थीलाई झोला र स्वास्थ्य सामाग्रीसहित लुगा धुने तथा नुहाउने साबुन, ब्रस, मन्जन, नङ कट,टावेललगायत दर्जनौँ सामाग्री वितरण गरिएको रावलले बताए।

यस्तै, मुगुका प्रमुख जिल्ला अधिकारी मोहाबहादुर थापाले स्वास्थ्य सामाग्री र किताब राख्ने झोला नहुदाँ विद्यार्थीहरुले भोग्नु परेको समस्या समाधान भएको बताए।  

Logo