हिमालयन ह्वाइट हाउस कलेजद्वारा पोष्ट एसईई करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न

हिमालयन ह्वाइट हाउस कलेजद्वारा पोष्ट एसईई करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको तीनकुनेस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले ‘पोष्ट एसईई करिअर काउन्सिलिङ -२०८०’ कार्यक्रम सम्पन्न गरेको छ । 

एसईई दिएर बसेका विद्यार्थीलाई मध्यनजर गर्दै कलेजले बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रम सम्पन्न भएकाे हो । कार्यक्रममा कलेजले एसईई दिएर बसेका विद्यार्थीलाई अब के पढ्ने ? कुन कलेज पढ्ने ? र कसरी विषय छान्ने ? भन्ने लगायतका शीर्षकमा सुझाव र सल्लाह दिएको थियो । 

कार्यक्रममा शैक्षिक विज्ञहरुले विद्यार्थीहरुलाई मोटिभेट गर्दै काउन्सिलिङ गरेका थिए । विद्यार्थीहरुले भविष्य निर्माणका लागि स्तरिय शिक्षा दिने विद्यालय र अरुले रोजेको भन्दा आफैले रोजेको विषय पढ्नुपर्ने उनीहरुले सुझाव दिए । 

जीवनको बाटो कता लैजाने भन्ने तय गर्ने खुड्किलो एसईई पछिको अध्ययन भएकोले सोच विचार गरि विषय एवं कलेज छनौट गर्न उनीहरुले सुझाएका छन् । उक्त कार्यक्रममा एसईईको रिजल्ट पर्खेर बसेका धेरै विद्यार्थीहरुको सहभागी रहेको थियो ।

Logo