तुलसीपुरका विद्यालयमा पाँच दिन गर्मी बिदा

तुलसीपुरका विद्यालयमा पाँच दिन गर्मी बिदा


गर्मी बढेसँगै दाङको तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोको आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको बताइएको छ । तुलसीपुरमा ८३ सामुदायिक र ६५ संस्थागत गरी कुल एक सय ४८ वटा विद्यालय रहेका छन् ।

Logo