आइएसटी कलेजको १६औँ दीक्षान्त समारोह सम्पन्न

आइएसटी कलेजको १६औँ दीक्षान्त समारोह सम्पन्न


काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेजको १६औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रवार हायात होटलमा आयाेजित एक विशेष समाराेहमा कलेजले सन् २०१९ ब्याचका १४६ विद्यार्थीलाई दीक्षित गरेको हो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध साइजबुरुङ युनिभर्सिटी अफ एप्लाइड साइंसेज अस्ट्रियाकी युआनयुआन वाङ, पोखरा विश्वविद्यालयका डीन दयाराज ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका अध्यक्ष महेश्वर दाहाल र आईएसटी कलेजका सिइओ नरेन्द्र बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो । 

कलेजले विद्यार्थीहरूलाई दीक्षित गर्नुको साथै उनीहरूलाई आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने विषयमा उत्प्रेरणा समेत दिएको छ । 

कार्यक्रममा आइएसटी कलेजका सिइओ नरेन्द्र बज्राचार्यले आफ्नो कलेजको विशेषता बताउँदै दिक्षित विद्यार्थीलाई शुभकामना दिए । 
 
त्यस्तै, पोखरा विश्वविद्यायका डीन ढकालले आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने विषयमा उत्प्रेरणा दिए भने पूर्वाञ्चल विश्वविद्यालयका अध्यक्ष दाहालले विद्यार्थीरुलाई उज्ज्वल भविष्यको शुभकामना दिएका छन् । उनले विद्यार्थीले पढ्नका लागि मात्र नपढेर बुझ्नका लागि पढ्नुपर्ने बताए । 

साे अवसरमा आइएसटी कलेजकी प्रिन्सिपल सम्झना बस्नेतले दिक्षित विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएकी थिइन् । 

आईएसटी कलेज सन् २००४ मा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विभिन्न शैक्षिक डिग्री र तालिम प्रदान गरी स्थापना भएको हो । अस्ट्रियाको साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेजसँग सम्बद्ध प्राप्त कलेजले छोटो समयमा नै ठूलाे सफलता प्राप्त गरेको छ । 

Logo