आजदेखी सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने

आजदेखी सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने

केन्द्रबिन्दु
0
Shares

आजदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो। 

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाइसकेका छन्।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै केही समय देखी आन्दोलन गर्दै आइरहेको छ।

आन्दोलनकारी शिक्षकहरुका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सम्पन्न भईसक्दा समेत आफ्नो मागप्रति सरकार गम्भिर नभएको तथा आन्दोलनको क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषय  सम्बोधन गरे पनि बजेट वक्तब्यमा भने उक्त विषय छुटाएपछि परिषद् आन्दोलनमा उत्रिएको हो। 

Logo