विराटनगरको शिक्षादीप कलेजका उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

विराटनगरको शिक्षादीप कलेजका उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

केन्द्रबिन्दु
0
Shares

विराटनगरको शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । 

आइतबार आयोजित एक विशेष समारोहबीच कलेजले एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा फिजिक्स विषय पढाउने शिक्षक दयानन्द सिंह दनुवार छन् भने व्यवस्थापन संकाय तर्फका कर्मचारी श्रीराम पौडेल र विज्ञान संकायतर्फका कर्मचारी दिपा केसी बस्नेत छन् ।

सो क्रममा उनीहरूलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा उनले अनुशासित भएर अध्ययन गरे विद्यार्थीहरुले सफलता हात पार्ने बताए । अहिलेको शिक्षा सीप सहितको रोजगारमुखी शिक्षा आजको आवश्यक भएको उनको भनाई थियो । 

साथै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपमा सबै उत्कृष्ट शिक्षकहरु रहेको जानकारी गराउँदै विद्यार्थीले दिएको भोटको आधारमा उत्कृष्ट शिक्षक र कर्मचारीहरुलाई छनाेट गरी सम्मान गरेको बताए । 

Logo