२०७२ काे लेटर ग्रेडिङ निर्देशिका अनुसार एसइई नतिजा प्रकाशन गर्ने बोर्डको निर्णय

२०७२ काे लेटर ग्रेडिङ निर्देशिका अनुसार एसइई नतिजा प्रकाशन गर्ने बोर्डको निर्णय

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसइई नतिजा प्रकाशन लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार गर्ने भएको छ। बोर्डको सोमबार बसेको बैठकले यो वर्षको एसइईको नतिजा ग्रेडिङ निर्देशिका, २०७२ अनुसार गर्ने निर्णय गरेको हो।

नतिजा प्रकाशन पुरानै लेटर ग्रेडिङ निर्देशिकाबाट गर्ने कि २०७८ को नयाँ पद्धतिबाट गर्ने विषयमा अन्योल रहेको थियो। बोर्डले गतवर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरेपनि नतिजा भने २०७२ को पद्धति अनुसार गरेको थियो। पुरानो पाठ्यक्रमबाट एसइई दिने अन्तिम ब्याच भएकाले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ।

Skip This
Skip This
Logo