एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा


राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेकाे छ । बिहीबार बसेको बोर्डको बैठकले एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा सार्वजनिक भएकाे हाे । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

गएको चैत १७ देखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कुल चार लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागिता रहेको थियो। दुई लाख ४२ हजार ७१२ छात्रा र दुई लाख ४२ हजार ६७४ छात्रले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फका १५ हजार ४६१ परीक्षार्थी समेत एसईईमा सहभागी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावक जतिसक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन्। तर, नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौँतारिने गर्छन्।

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको एसईईको नतिजा सहजै हेर्ने व्यवस्था गरिएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिने उनले बताए। १६०० मा डायल गरी प्राप्त निर्देशनानुसार नतिजा जान्न सकिने व्यवस्था गरिएको छ। यस्तै, एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा-१० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको बेवसाइट www.see.gov.np मा नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

यस्तै,राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.neemaacademy.com लगायत वेबसाइटबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

Logo