‘नयाँ चुनौती र अपेक्षाहरु सम्बोधन गर्न सक्ने शिक्षा ऐन आवश्यक’ -अध्यक्ष पहाडी

‘नयाँ चुनौती र अपेक्षाहरु सम्बोधन गर्न सक्ने शिक्षा ऐन आवश्यक’ -अध्यक्ष पहाडी


राष्ट्रिय शिक्षा अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नयाँ चुनौती र अपेक्षाहरु सम्बोधन गर्न सक्ने शिक्षा ऐन आजको आवश्यकता भएको बताएका छन् । 

संघीय शिक्षा ऐन कहिले र कस्तो विषयक अन्तरक्रिया कार्यक्रमा अध्यक्ष पहाडीले नयाँ चुनौती, आकांक्षा, अपेक्षा र समय सापेक्षित शिक्षा बनाउनको लागि नयाँ शिक्षा ऐन जरुरी भएको बताएका हुन् । उनले भने, 'नयाँ चुनौती, आकांक्षा, अपेक्षाहरु  र समयसापेक्षित शिक्षा बनाउनको लागि नयाँ शिक्षा ऐन जरुरी छ । नेपालको सार्वजनिक शिक्षामा देखिएका समस्याहरुलाई सम्बोधन गर्न सक्ने क्षमता भएको शिक्षा ऐन आजको आवश्यकता हो ।'  

यस्तै, अध्यक्ष पहाडीले नयाँ संरचनाका आधारमा संघीय संरचनामा मुलुक रुपान्तरणको दिशामा राजनीतिक व्यवस्थाहरु परिवर्तन हुदैँ अगाडि बढेको अवस्थामा शिक्षा प्रणाली व्यवस्थित, श्रम, रोजगारी, उत्पादन, टिकाउ र विकाउ हुनुपर्ने बताए । उनले भने, 'हामी लामो समयदेखि पुरानो शिक्षा ऐनबाट २०२८ सालको पञ्चायतकालीन शिक्षा ऐनबाट निर्देशित भईरहेका छौ । नयाँ संरचनाका आधारमा संघीय संरचनामा हामी गइसकेका छौ मुलुक रुपान्तरणको दिशामा राजनीतिक व्यवस्थाहरु परिवर्तन गरेर हामी अगाडि बढिरहेका छौ । हाम्रो शिक्षा प्रणाली व्यवस्थित हुनुपर्छ, शिक्षा प्रणाली गरिखाने हुनुपर्छ । हाम्रो शिक्षा ऐन श्रम, रोजगारी, उत्पादन, टिकाउ र विकाउ हुनुपर्छ ।' 

उनले शिक्षा मानव अधिकारको मुख्य विषयवस्तु भएको हुदाँ शिक्षालाई व्यापारिकरण गर्ने विषयको विरुद्धमा आवाज उठाउनु पर्ने विषयमा सबैको एक मत हुनुपर्ने बताए ।

Logo