इक्यानको नयाँ नेतृत्वको लागि चुनाव जारी, आजै नतिजा आउने

इक्यानको नयाँ नेतृत्वको लागि चुनाव जारी, आजै नतिजा आउने

केन्द्रबिन्दु
0
Shares

शैक्षिक परामर्श संस्थाहरूको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परार्मश संघ (इक्यान)ले आज नयाँ नेतृत्व पाउँदैछ । काठमाडौंको एलिस होटलमा जारी इक्यानकाे अधिवेशनअन्तर्गत शनिबार बिहान ११ः४५ देखी सुरु भएको चुनाव ४ बजेसम्म संचालन हुनेछ ।

इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोगबाट चुनाव भइरहेको मतदान सकिएको एक घण्टामै मतपरिणाम सार्वजनिक गरिने छ । 

दुई प्यानलसहित अध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन् । इक्यानको अध्यक्षका लागि विष्णुहरि पाण्डे, शेषराज भट्टराई, देवीदास भट्टराई र कृष्णहरि केसीले उम्मेदवारी घोषणा गरेका छन् । चार जनाले उम्मेदवारी घोषणा गरेको भए पनि मुख्य प्रतिस्पर्धा विष्णुहरि पाण्डे र शेषराज भट्टराईबीच हुने देखिएको छ  । 

१८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन समितिका अनुसार १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको छ । तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी दर्ता भएको हो । महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २/२ जना र सचिवमा ५ जनाको उम्मेदवारी परेको छ । सचिव दुई जना रहने व्यवस्था छ । अध्यक्षलगायत ९ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । 

मतदाता संख्या भने ४ सय ६७ जना रहेकाछन । सदस्यतर्फ ९ जनाका लागि १९ जनाको मनोनयन दर्ता भएको छ । 

Logo