एनसीसीएसलाई कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड

एनसीसीएसलाई कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड


काठमाडौंको पकनाजोलमा रहेको नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस) ‘कमिटमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच आईटी र व्यवस्थापन क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एनसीसीएसलाई कमिन्टमेन्ट टु क्वालिटी एजुकेसन अवार्ड प्रदान गरिएको हो । 

परिणाममुखी नतिजाका लागि विद्यार्थीलाई युग सुहाउँदो शिक्षा दिन सफल यो कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

विद्यालय तहदेखि स्नातकसम्मको अध्ययन हुने भए पनि एनसीसीएसले प्लस टु लाई विशेष प्राथमिकतामा राखेको छ । व्यवसायिक र अनुभवी कलेजका रुपमा आफूलाई स्थापित गराउन सफल एनसीसीएसले विद्यार्थीको व्यवसायिक जीवनलाई सफल बनाउन चौतर्फी विकासका लागि उत्कृष्ट अवसर प्रदान गर्ने गरेको छ । ‘साक्षर, प्रगतिशील र चेतन समाजको विकास’ लाई मूल मर्म बनाएको कलेजले कक्षा ११ मा हरेक वर्ष ९५ प्रतिशतभन्दा बढी नतिजा निकाल्दै आएको छ ।

Logo