आइएसटीलाई बेस्ट होटल म्यानेजमेन्ट एजुकेसन अवार्ड

आइएसटीलाई बेस्ट होटल म्यानेजमेन्ट एजुकेसन अवार्ड


इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) सेकेण्डरी स्कुलले ‘बेस्ट होटल म्यानेजमेन्ट एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीप प्रदान गर्दै आएको आइएसटीलाई बेस्ट होटल म्यानेजमेन्ट एजुकेसन अवार्ड प्रदान गरिएको हो । 

आइएसटीमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रियाको भोकेशनल सर्टिफिकेटसमेत पाउँछन् । टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यस कलेजमा ‘प्लस टु’ र स्नातकतहमा पढाइ हुन्छ । यो वर्षबाट आईएसटीले कम्प्युटर स्टडिज समेत प्लस टुमा अध्यापन सुरु गरेको छ । 

अन्तर्राष्ट्रिय स्तरको होटल म्यानेजमेन्ट अध्यापनका लागि पूर्वाधार भएको यो कलेजले प्लस टु लाई प्राथमिकतामा राख्दै कम्प्युटर साइन्स पनि अध्यापन गराउँछ । यस कलेजले वर्षमा २ सय विद्यार्थी ‘प्लस टु’ अध्ययनका लागि छनोट गर्छ। कलेजले टुरिजम् र होटल म्यानेजमेन्टमा स्नातक तहको पनि अध्ययन गराउँछ । 

Logo