ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई बेष्ट म्यानेजमेन्ट कलेजको अवार्ड प्रदान

ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई बेष्ट म्यानेजमेन्ट कलेजको अवार्ड प्रदान


काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टले ‘बेष्ट म्यानेजमेन्ट कलेजको अवार्ड, २०८०’ प्राप्त गरेको छ ।   

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उच्चस्तरीय भौतिक पूर्वाधार, आधुनिक शिक्षण प्रणाली, आधुनिक ल्याब र लाइब्रेरीमा विशेष ध्यान दिँदै आएको ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई यो अवार्ड प्रदान गरिएको हो । 

यो कलेजले विद्यार्थीलाई स्वस्फूर्त सिकाइमा हरेक तरिकाले प्रेरित गरिरहेकाले सोही योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

सन् २००१ मा काठमाडौंको मध्यबानेश्वरमा खुलेको उच्च गुणस्तरको अध्ययन संस्था ग्लोबल कलेज अफ म्यानेजमेन्टले विषयगत प्रोजेक्ट कार्य, शैक्षिक भ्रमण, व्यापारिक सर्भे, सामाजिक सेवाका कार्यक्रम र खेलकुद गतिविधि पढाइ सँगसँगै सञ्चालन गर्ने गर्दछ । 

Logo