किस्ट कलेजले पायो प्रेस्टिजियस प्लस टु अवार्ड

किस्ट कलेजले पायो प्रेस्टिजियस प्लस टु अवार्ड


काठमाडौंको कमलपोखरीमा रहेको किस्ट कलेजले ‘प्रेस्टिजियस प्लस टु अवार्ड, २०८०’ प्राप्त गरेको छ ।   

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा ९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन अध्यापन गराउँदै आएका कारण किस्ट कलेजलाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड, २०८०’ प्रदान गरिएको हो । 

किस्टले स्नातकसम्म अध्यापन गराउने भएता पनि परिचय भने प्लस टुबाटै बनाएका कारण केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

किस्ट कलेजले नियमित कक्षाबाहेक विभिन्न किसिमका सेमिनार र कार्यशालालगायत गतिविधिमार्फत् आफ्ना विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यवसायिक सफलताका लागि पनि तयार पार्दै लगेको छ। सन् १९९५ मा स्थापित कलेजले विगत २८ वर्षदेखि आफूलाई अब्बल साबित गरिरहेको छ ।

Logo