शिक्षामा निजी क्षेत्रको ६० प्रतिशत योगदान छ: अध्यक्ष ढकाल

शिक्षामा निजी क्षेत्रको ६० प्रतिशत योगदान छ: अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको शिक्षा क्षेत्रमा करिब ६० प्रतिशत योगदान निजी क्षेत्रको भएको बताएका छन् ।  आज केन्द्रबिन्दुले मिडियाले आयोजना गरेको केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड  कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भने ‘आइएफसीलए एउटा अध्ययन गरेको थियो । जसमा नेपालको शिक्षामा करिब ६० प्रतिशत योगदान निजी क्षेत्रको देखिएको छ ।’

उनले उद्योग वाणिज्य महासंघले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गरे पनि शिक्षाको हकमा त्यसको कमी महसुस भएको स्मरण गर्दै भने, ‘शिक्षा क्षेत्रका विषयहरूलाई सरोकारवाला निकायसम्म पुर्याउन सधैँ तत्पर रहने छौँ ।’

उनले अवार्ड पाउने विद्यालय तथा शिक्षा विद्हरूलाई बधाई समेत दिएका छन् ।

Skip This
Skip This
Logo