ज्ञानेश्वरको आइएसटी स्कुलले पायो बेस्ट लर्निङ सेन्टर अवार्ड

ज्ञानेश्वरको आइएसटी स्कुलले पायो बेस्ट लर्निङ सेन्टर अवार्ड

केन्द्रबिन्दु
0
Shares

ज्ञानेश्वरमा रहेको इन्टरनेसनल स्कुल अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) सेकेण्डरी स्कुलले ‘बेस्ट लर्निङ सेन्टर अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच कागजी सर्टिफिकेट मात्रै नभएर जीवनोपयोगी शिक्षा र सीप प्रदान गर्दै आएको आइएसटी स्कुललाई बेस्ट लर्निङ सेन्टर अवार्ड प्रदान गरिएको हो । 

आइएसटी स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

आइएसटी स्कुलमा अध्ययन गर्ने विद्यार्थीले अष्ट्रियाको भोकेशनल सर्टिफिकेटसमेत पाउँछन् । टुरिजम् र होटल म्यानेजमेन्ट क्षेत्रमा अनुकरणीय बनिरहेको यस कलेजमा ‘प्लस टु’ र स्नातकतहमा पढाइ हुन्छ । यो वर्षबाट आईएसटीले कम्प्युटर स्टडिज समेत प्लस टुमा अध्यापन सुरु गरेको छ । 

Logo