लिटल एन्जल्स स्कुललाई बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड

लिटल एन्जल्स स्कुललाई बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड

केन्द्रबिन्दु
0
Shares

ललितपुरको हात्तीवनमा रहेको लिटल एन्जल्स स्कुलले बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड, २०८० प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विज्ञान र व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा पस्कँदै आएको लिटल एन्जल्स स्कुललाई बेस्ट प्लस टु ओभरअल पर्फमेन्स अवार्ड प्रदान गरिएको हो ।

सन् १९९७ देखि प्लस टु का कार्यक्रम सन्चालनमा ल्याएको यो स्कुलले अहिले भने मास्टर्ससम्मको अध्यापन गराउँदै आएको छ । 

प्लस टूमा ह्वारह्वार्ती विद्यार्थी भर्ना गरेर संख्या बढाउनु भन्दा पनि थोरै विद्यार्थी भर्ना गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न लिटल एन्जल्स कलेज प्रतिबद्ध रहेको छ । अभ्यासद्वारा आर्जन गरिएको ज्ञान दिगो हुन्छ भन्ने मान्यताका साथ सञ्चालित लिटल एन्जल्सले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रतियोगितात्मक कक्षा सञ्चालन गर्ने गर्छ। आधुनिक कक्षा कोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यममार्फत् प्रभावकारी रूपमा पठनपाठन गराउँदै आएको छ।

Skip This
Skip This
Logo