आउट स्टान्डिङ एजुकेसन अवार्ड गोल्डेनगेट इन्टरनेसनल सेकेन्डरी स्कुललाई

आउट स्टान्डिङ एजुकेसन अवार्ड गोल्डेनगेट इन्टरनेसनल सेकेन्डरी स्कुललाई


काठमाडौंमा रहेको गोल्डेनगेट इन्टरनेसनल सेकेन्डरी स्कुलले आउट स्टान्डिङ एजुकेसन अवार्ड, २०८० प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजासहित सतप्रतिशत उत्तीर्ण गराउन सफल गोल्डेन गेटले आउटस्टान्डिङ एजुकेसन अवार्ड प्राप्त गरेको हो । 

मास्टर्ससम्मको अध्यापन हुने यो कलेजमा कक्षा ११ मा विज्ञान, व्यवस्थापन र मानविकीमा पढाइ हुँदै आएको छ । 

गोल्डेन गेट कलेजले चिकित्सा, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीका हरेक कोर्सलाई समयसापेक्ष रुपमा परिमार्जन गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाएको छ । उच्च माध्यमिक शिक्षा बोर्डसँग समन्वय गरेर कक्षा ११ र १२ को पाठ्यक्रम तयार पारेको गोल्डेन गेटले ७ वटा स्नातकोत्तर र १६ वटा स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Logo