केएमसी बागबजारमा अब कानुन र व्यवस्थापनमा पनि अध्ययन

केएमसी बागबजारमा अब कानुन र व्यवस्थापनमा पनि अध्ययन


परिणाममुखी र व्यवहारिक शिक्षा दिने पृथक कलेज हो वागबजारमा रहेको काठमाडौं मोडल कलेज केएमसी । आवश्यक सम्पूर्ण पूर्वाधारसहित शान्त र शैक्षिक वातावरण रहेको केएमसीले आफ्नो यात्राको २३ वर्ष पूरा गरेको छ । 

विद्यार्थीलाई नतिजामुखी एवं जिवनउपयोगी शिक्षा प्रदान गर्दै केएमसीले सुरुवातदेखि नै देशकै उत्कृष्ट शिक्षण संस्थाका रुपमा आफूलाई स्थापित गराउँदै आएको छ । 

प्रत्येक वर्ष राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा शतप्रतिशत नतिजा दिन सफल यो कलेज आई.एस.ओ ९००१ः२०१५ मान्यता प्राप्त शैक्षिक संस्था पनि हो । विद्यालय तह हुँदै उच्च माध्यमिक, स्नातक तथा स्नात्तोकत्तर तहसम्मको अध्ययन गराउँदै आएको यो कलेज उच्च शिक्षाका लागि एकेडेमिक हबका रुपमा रहेको छ । 

एसईई उत्तिर्ण गरी उच्च अंक ल्याउने जेहेनदार विद्यार्थी एवम् आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्तिको समेत यो कलेजले व्यवस्था गरेको छ ।

उच्च माविमा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायको अध्यापन हुँदै आएको यो कलेजले सैद्धान्तिकसंगै प्रयोगात्मक शिक्षामा पनि जोड दिँदै आएको छ । अनुभवी एवम् लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाईविश्व बजारमा प्रतिस्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ । 

College Life – KMSS

विगतमा विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल यो कलेजले व्यवस्थापन संकायमा समेत आफुलाई उत्कृष्ट प्रमाणित गरेको छ । व्यवस्थापनमा समावेश गरिएको पाठ्यक्रममार्फत् विद्यार्थीलाई चार्टड एकाउन्टेन्ट, बीबीएलगायत व्यवस्थापन शिक्षामा खरो उत्रन केएमसीले सधैं सहयोगीको भूमिका निर्वाह गरिरहेको छ । यो कलेजमा व्यवस्थापन संकायतर्फ अध्ययन गरेका विद्यार्थीले राष्ट्रिय परिक्षा बोर्डमा मात्रै हैन भारतका प्रतिष्ठित शैक्षिक संस्थामा पनि सी.ए.सहितको अध्ययनमा उत्कृष्ट अंक ल्याएर पास भएका छन् ।

अनुभवी एवम् लामो समय शैक्षिक क्षेत्रमा समर्पित प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले हरेक विद्यार्थीलाईविश्व बजारमा प्रतिस्पर्धी बनाउन अनवरत रुपमा प्रयास गर्ने गरेको छ । 

त्यस्तै,सन् २०१९ बाट कानुन संकायमा समेत केएमसीले कक्षा ११ र १२ मा पढाई हुँदै आएको छ । कानुन संकायमा समावेश पाठ्यक्रमले राष्ट्रिय परिक्षा बोर्डको कोर्ष मात्र नभएर कानुन संकायमा स्नातक अध्ययनका लागि समेत दक्ष विद्यार्थी तयार गर्ने एवम् मार्ग पहिल्याउन सहजीकरण गरेको छ । कानुन संकाय अध्यापनका क्रममा घोकन्ते विद्यामा भन्दा पनिअभ्यासमा बढी केन्द्रित गरेर विद्यार्थीलाई नविनतम् विधिबाट अध्यापन गराउँदै केएमसीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । 

उच्च मावितर्फ यो कलेजमाभर्ना हुने विद्यार्थीले एसईईमा कम्तीमा २.०५ जी.पी.ए प्राप्त गरेको हुनुपर्छ । एसईई उत्तिर्ण गरी उच्च अंक ल्याउने जेहेनदार विद्यार्थी एवम् आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृत्तिको समेत यो कलेजले व्यवस्था गरेको छ । विद्यार्थीको सिकाईको दायरालाई फराकिलो बनाउन ध्यान दिँदै कलेजले क्रेडिट कोर्ष तथा अतिरिक्त क्रियाकलापमा खेलकुद, शैक्षिक भ्रमण, क्वीज,विषयगत क्लबलगायत विद्यार्थीको प्रतिभा प्रष्फुटित गर्न हौसला प्रदान गर्दै आएको छ । समय सान्दर्भिक शिक्षण पद्दती तथा अत्याधुनिक शैक्षिक पूर्वाधारले कलेजलाई आधुनिक शिक्षाको नमुना कलेज बनाएको छ । 

Logo