आईप्यानको अध्यक्षमा प्रेसिडेन्सियलका लक्ष्मण केसी निर्वाचित

आईप्यानको अध्यक्षमा प्रेसिडेन्सियलका लक्ष्मण केसी निर्वाचित

केन्द्रबिन्दु
0
Shares

इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आईप्यान) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । 

हालै सम्पन्न आईप्यानको वार्षिक साधारण सभाले केसीको अध्यक्षतामा राष्ट्रिय कार्य समिति चयन गरेको हो । केसी प्रेसिडेन्सियल बिजनेश स्कुलका कार्यकारी अध्यक्ष हुन् । 

समितिको वरिष्ठ उपाध्यक्षमा डा. मिथिलेशकुमार झा, उपाध्यक्षमा विज्ञान श्रेष्ठ, महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी निर्वाचित भएका छन् । 

यस्तै, सदस्यहरुमा तेज ढकाल, योगेश उप्रेती, रवि फुँयाल र प्रभिना थापा चयन भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष समिर थापा चयन हुँदा सल्लाहकारमा समिर थापा र पंकज जलान निर्वाचित भएको आईप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Logo