आर्टिफिसियल ईन्टेलिजेन्टअन्तर्गत टेबल डिस्कसनमा नामीका रिसर्च एसोसिएट सुमन सापकोटाले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले ‘ए आई विकास’मा नेपालपछि परेको बताएका छन्।
काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी) ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रममा बोल्दै उनले नेपालमा प्रविधि विकासको राम्रो सम्भावना भएको तर सरकारले यो क्षेत्रलाई हेला गरेका कारण यो क्षेत्र अघि बढ्न नसकेको बताएका हुन्।
आइटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेश क्याम्पस केबीसीले आइटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ।































प्रतिक्रिया