गृहिणीहरुले हरेक वर्ष २०० जिबीभन्दा बढी डेटा प्रयोग गरिरहेका हुन्छन् ।
काठमाडौंको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेकाे ‘टेक ट्रेण्डस् २०२३’ सिम्फोजियम कार्यक्रमको टेबल डिस्कसनमा डेटा साइन्सको विषयमा बोल्दै डेटा एक्सपर्ट श्रीप्रसाद खनालले यस्ताे बताएका हुन् ।
उनले विश्वमा ३ प्रकारका डेटाहरु प्रयोग भइरहेको पनि बताए । जसमा स्ट्रकचरल डेटा, सेमी स्ट्रकचरल डेटा र अन स्ट्रकचरल डेटा हुन् । साथै उनले ९७ प्रतिशत डेटाहरु अझै अन स्ट्रकचरल अवस्थामै रहेको बताए ।
आईटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौं बिजनेश क्याम्पस (केबिसी)ले आईटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । यहि क्रममा आज शनिबार क्याम्पसकै परिसरमा आयोजना भैरहेको सिम्फोजियममा आईटी सेक्टरका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुती तथा अन्र्तक्रिया भइरहेको छ ।































प्रतिक्रिया