विद्यार्थीले पढ्ने, कमाउने र मान्छे बन्ने सबै तरिका सिक्नुपर्छः शिक्षाविद् विद्यानाथ कोइराला

विद्यार्थीले पढ्ने, कमाउने र मान्छे बन्ने सबै तरिका सिक्नुपर्छः शिक्षाविद् विद्यानाथ कोइराला

केन्द्रबिन्दु
0
Shares

शिक्षाविद् विद्यानाथ कोइरालाले कुनैपनि व्यक्तिले कमाउने र मान्छे बन्ने दुवै कला जान्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल कलेजकाे ‘ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८०’ बाट शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानबापत अभिनन्दित भएका शिक्षाविद् कोइरालाले व्यक्तिमा कमाउने र मान्छे बन्ने दुवै कला हुनुपर्ने औंल्याएका हुन् । 

उनले कलेजका विद्यार्थीहरुलाई निकै रचनात्मक ढंगबाट अभिव्यक्ति दिँदै पढ्ने, कमाउने तरिकाका विषयमा सुझाव दिएका थिए । 

राष्ट्रिय नाचघर जमलमा भएकाे अभिनन्दन कार्यक्रममा राष्ट्रिय गीतको उदाहरण दिँदै शिक्षाविद् कोइरालाले भने- “जसरी हामीले सयौँ थुंगा फूलका हामी भनेर राष्ट्रिय गीत गाएपनि जातजाति, भाषाभाषी, भूगोल लगायतका विषयमा विवाद गरिरहन्छौँ ।” के यसरी राष्ट्रिय गीतलाई न्याय दिलाउन सक्याैं त हामीले ? यसरी सृजनात्मक रुपमा चिन्तन गरेर, गहिएर पढ्न थालेउ भने हाम्रो पढाई, सृजनशील र विश्लेषणात्मक हुन्छ सोच्नुपर्ने औंल्याए ।

साथै उनले कसरी कमाउन सकिन्छ भन्ने चिन्तन विद्यार्थी जीवनदेखि नै सिक्नुपर्ने पनि बताए । उनले भने- “हामीले शिक्षा, कृषि, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा मात्र कमाउने आधार छ, भनेर हुन्न, यो बाहेक युवाले अर्काे क्षेत्रमा पनि देख्नुपर्छ, देखेका हुन्छन् ।” 

कार्यक्रममा कलेजले विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरुलाई अभिनन्दनको साथै कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा पास भएका विद्यार्थीहरु बिदाई गरेको थियो । 

Logo