आन्दोलित शिक्षकहरु र प्रहरीबीच नयाँ बानेश्वरमा घम्साघम्सी

आन्दोलित शिक्षकहरु र प्रहरीबीच नयाँ बानेश्वरमा घम्साघम्सी

केन्द्रबिन्दु
0
Shares

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरु र प्रहरीबीच नयाँ बानेश्वर चोकमा धकेलाधकेल भएको छ।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट निषेधित क्षेत्र तोकिएको छ। तर, नेपाल शिक्षक महासङ्घकाे आह्वानमा आजदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्ना सुरु गरेका देशभरका शिक्षकहरू मार्च पास गर्दै नयाँ बानेश्वरभन्दा अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्ने क्रममा धकेलाधकेल भएको हो। 

मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ । 
 

 

Skip This
Skip This
Logo